चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका शिक्षकलाई विद्यार्थीले कुटे
शिक्षाखबर डेस्क
६ पुष २०७८, मंगलवार
no immg

६ पुस, काठमाडाैँ । काठमाडाैँको प्रदर्शनीमार्गस्थित रहेको रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षक कुटिएका छन् । परीक्षामा चिट चोर्न खेज्ने विद्यार्थीलाई रोक्न खोज्दा शिक्षकमाथि विद्यार्थीले कुटपिट गरेका हुन् ।

क्याम्पसका प्राध्यापक ऋषिकेश दाहालले दिएको जानकारी अनुसार शिक्षक प्रकाश पुडासैनीलाई विद्यार्थीले कुटपिट गरेका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘चिट चोर्न रोक्दा आरआर कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको छ। उहाँको टाउकोमा सात टाँका लगाउनपरेको छ। यसभन्दा लज्जाको विषय के होला? कस्तो शिक्षा दिइरहेका छौँ हामीले?’

कुटपिटबाट शिक्षक पुडासैनीको टाउकोमा ७ टाँका लगाउनु परेको बताइएको छ । शिक्षकमाथि कुटपिट गर्ने विद्यार्थी अहिले फरार रहेको बताइएको छ ।

प्रतिक्रिया