राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि बन्ने शिक्षक र कर्मचारीलाई त्रिभुवन विश्वविद्यालयको चेतावनी
शिक्षाखबर डेस्क
८ पुष २०७८, बिहीबार
no immg

८ पुस, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ ।

विश्वविद्यालयले एक सुचना प्रकाशन गर्दै यदी त्यसो गरेको पाइएमा कारबाहीको प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ ।

त्रिविले कुनै शिक्षक वा कर्मचारीले राष्ट्रिय वा पालिकाको चुनावमा भाग लिन चाहेमा कार्यकारी परिषद्ले अन्यथा निर्णय गरेमा बाहेक उम्मेदवारीको मनोनयन दाखिला गर्नु भन्दा १५ दिन पहिला नै विश्व विद्यालय सेवाबाट राजीनामा दिनु पर्ने व्यवस्थाको बारेमा पनि ध्यानाकर्षण गराएको छ ।

विश्वविद्यालय सेवामा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारी प्रचलित कानुनअनुसार राष्ट्रसेवकको परिभाषाभित्र पर्ने भएकाले त्यसरी चुनाव वा विधान अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिने कार्य विश्वविद्यालयको नियम र राजनीतिक दलसम्बन्धी ऐनविपरीत हुने भएकाले त्यस्तो कार्यमा सहभागी भएको प्रमाणित भए नियमअनुसार विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइने त्रिविले चेतावनी दिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खबर