प्रदेश विश्वविद्यालय अध्यादेश बहुमतले स्वीकृत
शिक्षाखबर डेस्क
९ पुष २०७८, शुक्रबार
no immg

९ पुस, जनकपुर । प्रदेश नं २ को प्रदेशसभा बैठकले प्रदेश सरकारद्वारा ल्याइएको प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ बहुमतले स्वीकृत गरेको छ । प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गरेको कृषि विश्वविद्यालय अध्यादेश, २०७८ लाई बहुमतले स्वीकृत गरेको हो । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीबाहेक अन्य दलका प्रदेशसभा सदस्यले समर्थन जनाएपछि अध्यादेश बहुमतले स्वीकृत भएको उपसभामुख उपमा देवले घोषणा गरे ।

बैठकमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय, २०७८ अस्वीकार गर्न पेश गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । प्रदेशसभाको अर्काे बैठक शुक्रबार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया