विद्यालयमा मनाइयो तमु ल्होसार र खिचडी दिवस, गुरूङ समुदायका विद्यार्थी सम्मानित
शिक्षाखबर डेस्क
१५ पुष २०७८, बिहीबार
no immg

१५ पुस, झापा । झापाको मेचीनगरस्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा बिहीबार तमु ल्होसार मनाइएको छ ।

आज  मेचीनगर-१४ दुहागडिमा रहेको विद्यालयमा तमु ल्होसार सहित पुस १५ अर्थात् खिचडी दिवस पनि मनाइएको छ । सो क्रममा उक्त विद्यालयमा अध्ययनरत गुरूङ समुदायका ५ जना विद्यार्थिहरुलाई शैक्षिक सामग्री सहित सम्मान समेत गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक विश्व थापाका अनुसार खिचडी दिवसको अवसरमा नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थिहरुलाई विद्यालय मै पकाएको खिचडी समेत खुवाइएको थियो  ।

आज देशभरका गुरूङ समुदायका मानिसहरूले तमु ल्होसार पर्व मनाएका छन् । यस अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको थियो ।

प्रतिक्रिया