देशभर ३८२ जनामा कोरोना संक्रमण हुँदा मृत्यु हुनेको संख्या शुन्य
शिक्षाखबर डेस्क
१७ पुष २०७८, शनिबार
no immg

१७ पुस, काठमाडाैँ । शनिबार मुलुकभर थप ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५००७ पिसिआर र १५९५२ जनाको एन्टिजेन परीक्षण गर्दा ३८२ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार देशभर २५२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

प्रतिक्रिया