१८ पुस, काठमाडौँ । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले आइतबार एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
सूचनाअनुसार योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइनमार्फत दरखास्त फाराम भरी तोकिएको स्थानमा दरखास्त पेश गर्न सक्नेछन् ।
सूचनाअनुसार खुलातर्फ १२०, बाँकी समावेशी गरी कुल २२९ जना माग भएको छ । दरखास्त माघ १७ गतेभित्र बुझाउनुपर्ने छ भने दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म पनि बुझाउन सकिने सेनाले जनाएको छ ।