१८ पुस, काठमाडाैँ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)ले माैका परीक्षाको आवेदन फाराम भर्नका लागि सुचना प्रकाशित गरेको छ ।
सिटिइभिटीले २०७०/७१ (२०१३) सम्म विभिन्न विषयमा भर्ना भइ परीक्षामा उत्तीर्ण हुन नसकेका परीक्षार्थीहरूका लागि माैका परीक्षाको फाराम भर्नका लागि सुचना प्रकाशित गरेको हो ।
‘यस परिषद्का आंगिक, साझेदारी, सामूदायिक विद्यालय र निजी स्तरमा संचालित शिक्षण संस्थाहरुमा शैक्षिक सत्र २०७०÷७१ (२०१३) सम्म भर्ना भई रजिष्ट्रेशन कायम भएका डिप्लोमा इन इन्जिनियरिङ्ग, फुड एण्ड डेरी टेक्नोलोजी, सूचना प्रविधि र होटल म्यानेजमेन्ट कार्यक्रमको प्रथम बर्ष प्रथम खण्ड÷दोश्रो खण्ड, दोश्रो बर्ष प्रथम खण्ड÷दोश्रो खण्ड, तेश्रो बर्ष प्रथम खण्ड÷दोश्रो खण्ड तथा प्रमाणपत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा, कृषि, ल्याब टेक्नोलोजी, रेडियोग्राफी, होमियोप्याथी, डेण्टल साइन्स (डेण्टल हाइजिन), अप्थाल्मिक साइन्स, डिप्लोमा इन फार्मेसी, सामान्य आयुर्वेद चिकित्सा, फरेष्ट्री र अकुपन्चर कार्यक्रमको प्रथम, दोश्रो र तेश्रो वर्षको अन्तिम परीक्षामा पाठ्यक्रमले निर्धारण गरेको समयावधि भित्र परीक्षा दिई अनुत्तीर्ण भएका विद्यार्थीहरुको विशेष मौका (आंशिक) परीक्षा काठमाण्डौ उपत्यकामा संचालन हुने भएकोले मिति२०७८ साल माघ ०२ गते भित्र नियमित शुल्कमा र २०७८ साल माघ ०९ गते भित्र विलम्व शुल्कमा परीक्षा आवेदन फाराम भर्ने म्याद तोकिएको हुंदा सम्वन्धित शिक्षण संस्थाहरुले अनिवार्य रुपमा विद्यार्थीहरुबाट परीक्षा आवेदन फाराम भराई परिषद्का सम्बन्धित प्रदेश कार्यालयहरुमा बुझाउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।’ सिटिइभिटीद्वारा सुचनामा भनिएको छ ।
माैका परीक्षाको फाराम भर्ने अन्तिम मिति यही माघ ९ गतेसम्म रहेको छ ।