देशभर २१६ जनामा कोरोना संक्रमण, २०९ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
१८ पुष २०७८, आईतवार
no immg

१८ पुस, काठमाडाैँ । आइतबार मुलुकभर थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५९६२ पिसिआर र १६६९ जनाको एन्टिजेन परीक्षण गर्दा २१६ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार देशभर २०९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया