देशभर ३२६ जनामा कोरोना संक्रमण, २५५ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
१९ पुष २०७८, सोमबार
no immg

१९ पुस, काठमाडाैँ । सोमबार मुलुकभर थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७०० पिसिआर र २७९८ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार देशभर २५५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया