देशभर ३९३ जनामा कोरोना संक्रमण, २६६ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
२० पुष २०७८, मंगलवार
no immg

२० पुस, काठमाडाैँ । मंगलबार मुलुकभर थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७९४ पिसिआर र १५३५ जनाको एन्टिजेन परीक्षण गर्दा ३९३ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार देशभर २६६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया