देशभर बढ्न थाल्यो कोरोना संक्रमण, २४ घण्टामा थपिए ४३५ संक्रमित
शिक्षाखबर डेस्क
२१ पुष २०७८, बुधबार
no immg

२१ पुस, काठमाडाैँ । बुधबार मुलुकभर थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका १० हजार २६७ जनामा कोरोना परीक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

मंगलबार देशभर ३९३ जना संक्रमित थपिँदा ३ जनाको मृत्यु भएको थियो । तर, बुधबार भने कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

बुधबार देशभर २३९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया