देशभर बढे कोरोना संक्रमित, थप १ जनाको मृत्यु
शिक्षाखबर डेस्क
२२ पुष २०७८, बिहीबार
no immg

२२ पुस, काठमाडाैँ । बिहीबार मुलुकभर थप ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२०९ पिसिआर र ४८९० जनाको एन्टिजेन परीक्षण गर्दा ५४० जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार देशभर २७१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया