नेपालमा पनि फैलिँदै ओमिक्रोन, थप २४ जनामा संक्रमण पुष्टि
शिक्षाखबर डेस्क
२३ पुष २०७८, शुक्रबार
no immg

२३ पुस, काठमाडाैँ । नेपालमा थप २४ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयले विज्ञप्तीमार्फत दिएको जानकारीमा पाैष महिनामा पोजेटिभ भएकामध्ये ११४६ को नमुना संकलन गरेर परीक्षण गर्दा २२ प्रतिशतमा एस जिन नेगेटिभ (S-gene Negative) पत्ता लागेको थियो । सोही नमुना परीक्षण गरिएको २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले ओमिक्रोनका कारण संक्रमितको संख्या बढ्न सक्ने भएका कारण अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरूका साथ तयारी अवस्थामा बस्न अस्पतालहरूलाई निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया