देशभर शनिबार पनि ९ सयभन्दा बढीमा कोरोना संक्रमण
शिक्षाखबर डेस्क
२४ पुष २०७८, शनिबार
no immg

२४ पुस, काठमाडाैँ । शनिबार मुलुकभर थप ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पिसिआर र ३५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ९४४ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार देशभर २९७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

प्रतिक्रिया