२५ पुस, काठमाडाैँ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको सिसिएमसीको बैठकले कोरोना संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सिसिएमसीले कोरोनाको जोखिम बढ्दै गएपछि विद्यालयमा भाैतिक उपस्थितिमा अध्यापन नगराउन सरकारलाइ सुझाव दिएको छ ।
पछिल्लो हप्ता देशभर कोरोना संक्रमित निरन्तर बढिरहेका छन् ।