२६ पुस, काठमाडाैँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार मन्त्रालयमा बसेको बैठकले कोरोना भाइरसको जोखिम पुनः बढ्दै गएका कारण विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।
आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेका थिए ।
मन्त्रालयले बिदाको मोडालिटी केही बेरमा सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ ।