देशभर कोरोना संक्रमण बढ्नेक्रम जारी, सोमबार १४४६ संक्रमित थपिए
शिक्षाखबर डेस्क
२६ पुष २०७८, सोमबार
no immg

२६ पुस, काठमाडाैँ । सोमबार मुलुकभर थप १४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९६५ पिसिआर र २४६४ जनाको एन्टिजेन परीक्षण गर्दा १४४६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार देशभर २५५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया