स्वास्थ्य विज्ञानमा ठूलो सफलता, सुँगुरको मुटु मानव शरीरमा सफलतापूर्वक प्रत्यारोपण
शिक्षाखबर डेस्क
२७ पुष २०७८, मंगलवार
no immg

२७ पुस, एजेन्सी । संसारमै पहिलो पटक सुँगुरको मुटु मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । सोमबार अमेरिकाको मेरील्याण्ड मेडिसिन युनिभर्सिटीका विशेषज्ञहरूले उक्त सल्यक्रिया गरेका हुन् ।

सुँगुरको मुटु राख्ने व्यक्ति मुटु रोगबाट ग्रसित भएको बताइएको छ । करीब तीन दिनको उपचारपछि उनको स्वास्थ्यमा क्रमशः सुधार देखिएको अल्जजिराले उल्लेख गरेको छ ।

यो सल्यक्रिया सफल भएसँग मानिसका अंग दान गर्ने व्यक्तिहरू अभाव भएको अवस्थामा अन्य जीवको अंगहरूले काम चलाउन सकिनेमा पनि वैज्ञानिकहरू आशावादी देखिएका छन् ।

उक्त सल्यक्रियामा संलग्न डाक्टर बार्टले ग्रिफिटले यो सफल अप्रेशनले दाताका कारण मानव अंगमा हुने अभाव कम गर्ने चरण एक तहमाथि पुगेको बताए ।

सुंगुरको मुटु आफ्नो शरीरमा प्रत्यारोपण गर्ने व्यक्ति अमेरिकाका ५७ वर्षीय डेभिड बेनट हुन् । उनको मुटुको उपचारका लागि अन्तिम विकल्प मुटु प्रत्यारोपण नै थियो । मृत्यु र सुँगुरको मुटु प्रत्यारोपण गर्ने विकल्पमा उनले दोश्रो रोजेका थिए ।

अमेरिकामा मानव अंग दाताहरूको चरम अभाव देखिएको छ । अहिले अमेरिकामा मानव अंग प्रत्यारोपणका लागि १ लाख १० हजार बिरामी फर्खिरहेका छन् ।

अमेरिकामा प्रत्येक वर्ष मानव अंग प्रत्यारोपण गर्न नपाएर ६ हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया