देशभर उकालो लाग्दै कोरोना संक्रमण, २४ घण्टामा ५०८७ संक्रमित थपिए
शिक्षाखबर डेस्क
३० पुष २०७८, शुक्रबार
no immg

३० पुस, काठमाडाैँ । शुक्रबार मुलुकभर थप ५०८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३४७४ पिसिआर र ७०८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९३ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार देशभर ३०६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया