सिंहदरबारमै केएमसीका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले दले कालोमोसो
शिक्षाखबर डेस्क
३० पुष २०७८, शुक्रबार
no immg

३० पुस, काठमाडौँ । काठमाडौं मेडिकल कलेज (केएमसी)का कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दलेका छन् । शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् ।

मोसो दल्नेहरू माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थी रहेका छन् ।

शर्मालाई उपमहासचिव महेश श्रेष्ठ नेतृत्वमा कालोमोसो दलिएको थियो । कालोमोसो दल्ने उपमहासचिव श्रेष्ठसहित स्थायी कमिटी सदस्य अमर पुनलगायत पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पक्राउ परेका विद्यार्थी नेताहरूको तत्काल रिहाइको माग गरेका छन् ।

 

प्रतिक्रिया