देशभर केही घटे कोरोना संक्रमित, २४ घण्टामा ४६३६ संक्रमित थपिए
शिक्षाखबर डेस्क
१ माघ २०७८, शनिबार
no immg

१ माघ, काठमाडाैँ । शनिबार मुलुकभर थप ४६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४१२ पिसिआर र ४१४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९३ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार देशभर ३५० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया