देशभर ६७३४ जनामा कोरोना संक्रमण, थप ३ जनाले गुमाए ज्यान
शिक्षाखबर डेस्क
३ माघ २०७८, सोमबार
no immg

३ माघ, काठमाडाैँ । सोमबार मुलुकभर थप ६७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४०१४ पिसिआर र ३४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ६७४३ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार देशभर ५४७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया