देशभर १० हजार भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि
शिक्षाखबर डेस्क
४ माघ २०७८, मंगलवार
no immg

४ माघ, काठमाडाैँ । मंगलबार मुलुकभर थप १० हजार २५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७८७२ पिसिआर र ४९५६ जनाको एन्टिजेन परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार देशभर ५६२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया