देशभर एकै दिन थपिए ११ हजार ३५२ जना कोरोना संक्रमित
शिक्षाखबर डेस्क
५ माघ २०७८, बुधबार
no immg

५ माघ, काठमाडाैँ । बुधबार नेपालमा अहिलेसम्म कै सबैभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार देशभर २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६१३ जना संक्रमणमुक्त हुँदा ४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया