माघ २१ र २२ गते नेपाल मेडिकल काउन्सिलको परीक्षा हुने
शिक्षाखबर डेस्क
६ माघ २०७८, बिहीबार
no immg

६ माघ, काठमाडाैँ । माघ २१ र २२ गते नेपाल मेडिकल काउन्सिलले परीक्षा गर्ने भएको छ । यसअघि कोरोना महामारी बढेको भन्दै काउन्सिलले स्थगित गरेको परीक्षा उक्त दिन गर्ने भएको हो ।

बिहीबार काउन्सिलले जारी गरेको सुचना अनुसार २१ र २२ गते हुने परीक्षा पुल्चकोक इन्जिनियरिङ क्याम्पसमा हुने जानकारी दिएको छ ।

यसअघि माघ १४ र १५ गते लिने भनिएको परीक्षा २१ र २२ गते लिइने भएको हो ।

परीक्षामा सामेल हुन चाहने चिकित्सकले माघ ७ गतेसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्न सक्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै