६ माघ, काठमाडाैँ । माघ २१ र २२ गते नेपाल मेडिकल काउन्सिलले परीक्षा गर्ने भएको छ । यसअघि कोरोना महामारी बढेको भन्दै काउन्सिलले स्थगित गरेको परीक्षा उक्त दिन गर्ने भएको हो ।
बिहीबार काउन्सिलले जारी गरेको सुचना अनुसार २१ र २२ गते हुने परीक्षा पुल्चकोक इन्जिनियरिङ क्याम्पसमा हुने जानकारी दिएको छ ।
यसअघि माघ १४ र १५ गते लिने भनिएको परीक्षा २१ र २२ गते लिइने भएको हो ।
परीक्षामा सामेल हुन चाहने चिकित्सकले माघ ७ गतेसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्न सक्ने उल्लेख गरेको छ ।