मुख्यखबर

देशभर १२ हजार ३३८ जनामा कोरोना संक्रमण, ६४९ जनाले जिते कोरोना

शिक्षाखबर संवाददाता

६ माघ २०७८, बिहीबार

६ माघ, काठमाडाैँ । बिहीबार मुलुकभर थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ पिसिआर र ६४९० जनाको एन्टिजेन परीक्षण गर्दा १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार देशभर ६४९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।