९ माघ, काठमाडाैँ । चिकित्सा शास्त्र अध्ययन संस्थानका परीक्षाहरू स्थगित भएका छन् । आइतबार परीक्षा नियन्त्रण महाशाखाले एक सुचना जारी गर्दै माघ १० देखि हुने भनिएका सम्पूर्ण तहका परीक्षाहरू स्थगित भएको जानकारी दिएको छ ।
उक्त सुचनामा सम्पूर्ण तहका विभिन्न शैक्षिक कार्यक्रमहरूको नियमित तथा पुनः परीक्षाहरूको सैद्धान्तिक र प्रयोगात्मक परीक्षा स्थगित हुने उल्लेख गरिएको छ ।
स्थगित परीक्षाहरूको परीक्षा तालिका पुनः प्रकाशन गरेर परीक्षा सञ्चालन गरिने जानकारी दिइएको छ ।