देशभर ६४६२ जना कोरोना संक्रमित थपिँदा १४१६ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
९ माघ २०७८, आईतवार
no immg

९ माघ, काठमाडाैँ । आइतबार मुलुकभर थप ६४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३३७७ पिसिआर र ४०६० जनाको एन्टिजेन परीक्षण गर्दा ६४६२ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार देशभर १४१६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया