सिटिइभिटीका सबै परीक्षा स्थगित
शिक्षाखबर डेस्क
११ माघ २०७८, मंगलवार
no immg

११ माघ, काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)का सबै परीक्षाहरू स्थगित भएका छन् । कोरोना भाइरसको महामारी बढ्दै गएपछि सिटिइभिटीका सबै परीक्षाहरू स्थगित भएका हुन् ।

सिटिइभिटीले एक सुचना प्रकाशित गरेर यसबारे विस्तृत जानकारी दिने जनाएको छ । त्यस्तै, पूर्वनिर्धारित परीक्षाबारे पनि पछि नै जानकारी दिइने जनाएको छ ।

प्रतिक्रिया