देशभर फेरी बढे कोरोना संक्रमित, एकैदिन १२ हजार बढी संक्रमित थपिए
शिक्षाखबर डेस्क
११ माघ २०७८, मंगलवार
no immg

११ माघ, काठमाडाैँ । मंगलबार मुलुकभर थप १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८१०३ पिसिआर र ७८०६ जनाको एन्टिजेन परीक्षण गर्दा १२००८ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार देशभर ३०४० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया