१२ माघ, काठमाडाैँ । शिक्षक सेवा आयोगले शिक्षकहरूको पद बढुवाको लागि सुचना प्रकाशित गरेको छ । बुधबार आयोगले सुचना जारी गर्दै विभिन्न जिल्लाहरूका सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रहेका शिक्षक पदहरूमा आन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा हुने जानकारी दिएको हो ।
आयोग प्रकाशन गरेको सुचनामा आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवा (७५ प्रतिशत) द्वारा पूर्ति गर्नुपर्ने जनाइएको छ ।
२०७७ चैत्र मसान्तसम्म पाँच शैक्षिक सत्रको नोकरी अवधि पुरा गरेका सम्भाव्य उम्मेदवारहरूले आन्तरिक प्रतियोगितात्मक परीक्षाको हकमा https://online.tsc.gov.np/बाट र कार्यसम्पादन मूल्याङ्कनको हकमा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा दरखास्त पेस गर्न आयोगले सुचना मार्फत आह्वान गरेको छ ।