१४ माघ, काठमाडाैँ । कोभिड सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले सुरक्षा सतर्कता अपनाएर परीक्षा सञ्चालन गर्न सिफारिस गरेको छ ।
सिसिएमसीले विद्यार्थीहरूले खोप लगाइसकेको हुनाले स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालनको अनुमति दिन सिसिएमसिले सरकारलाई सिफारिस गरेको हो ।
कोरोना भाइरसको महामारी पुनः फैलिएपछि देशभरका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूले तत्कालका लागि परीक्षा स्थगित गरेका छन् । सिसिएमसीको यो सिफारिसको राजनीतिक तर्फबाट निर्णय हुन भने बाँकी रहेको छ ।
अहिले देशभरका शैक्षिक संस्थाहरू पनि बन्द रहेका छन् । सरकारले सुरूवाती चरणमा माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको थियो ।