१४ माघ, काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यवसायिक परिषद्(सिटिइभिटी) अन्तर्गत सञ्चालित सबै शिक्षालयहरूमा कोरोना भाइरस विरूद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
परिषद्ले शुक्रबार एक सुचना जारी गर्दै परिषद् अन्तर्गतका आंगिक, साझेदारी, सामुदायिक र निजी स्तरमा माघ १५ गतेदेखि २० गतेसम्म कोरोना विरूद्धको खोप अभियान सञ्चालन हुने जानकारी दिएको छ ।
परिषद्को सुचनामा स्थानीय तहसँग समन्वय गरेरे खोप अभियान सञ्चालन गर्न र विद्यार्थीहरूलाई खोपको व्यवस्था गरी उनीहरूको विवरण अध्यावधिक गर्न आग्रह गरिएको छ ।
सरकारले माघ १५ गतेदेखि देशभरका विद्यालयमा २० गतेसम्म खोप अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।