देशभर ६ हजार ८२७ जनामा कोरोना संक्रमण, थप १० जनाको मृत्यु
शिक्षाखबर डेस्क
१४ माघ २०७८, शुक्रबार
no immg

१४ माघ, काठमाडाैँ । शुक्रबार मुलुकभर थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३७९१ पिसिआर र ६०७८ जनाको एन्टिजेन परीक्षण गर्दा ८८२७ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार देशभर ५४३२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर बिहीबारको तुलनामा कोरोना संक्रमित घटेका छन् भने कोरोना मुक्त हुनेको संख्या बढिरहेको छ ।

प्रतिक्रिया