१४ माघ, काठमाडाैँ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले माघ महिनाभर विद्यालय बन्द नै राख्न सरकारलाई सिफारिस गरेको छ ।
शुक्रबार बसेको सिसिएमसीको बैठकले उक्त सिफारिस गरेको हो । सिसिएमसीको पहिलो सिफारिस अनुसार देशभरका शैक्षिक संस्थाहरू माघ १५ गतेसम्म बन्द हुनेछन् ।
त्यसैगरी, सिसिएमसीको बैठकले विश्वविद्यालयका परीक्षाहरू स्वास्थ्य मापदण्डहरू अपनाउँदै सञ्चालन गर्नका लागि पनि सरकारलाई सिफारिस गरेको छ ।