देशभर ३५४० जनामा कोरोना संक्रमण, थप ३२ जनाको मृत्यु
शिक्षाखबर डेस्क
१६ माघ २०७८, आईतवार
no immg

१६ माघ, काठमाडाैँ । आइतबार मुलुकभर थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९१० पिसिआर र ३२३५ जनाको एन्टिजेन परीक्षण गर्दा ३५४० जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार देशभर ६३५९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर शनिबारको तुलनामा कोरोना संक्रमित घटेका छन् भने कोरोना मुक्त हुनेको संख्या बढिरहेको छ ।

प्रतिक्रिया