माघ १८, काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो ।
सरकारले दूधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।
किसानहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । आफूहरुको माग पूरा नभए आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए ।