१८ माघ, काठमाडाैँ । मंगलबार मुलुकभर थप ५ हजार ५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०७७६ पिसिआर र ६८९८ जनाको एन्टिजेन परीक्षण गर्दा ५५८३ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबार देशभर ८२६७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।