१९ माघ, काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यवयसायिक परिपषद् (सिटिइभिटी)का रोकिएका परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् ।
सिटिइभिटीले बुधबार सुचना प्रकाशित गर्दै माघ ११ गतेको निर्णय अनुसार स्थगन गरिएका सबै परीक्षाहरू सिसिएमसी र नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै फागुन ६ गतेदेखि सञ्चालन हुने जानकारी दिएको छ ।







