१९ माघ, काठमाडाैँ । त्रिचन्द्र क्याम्समा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । बुधबार संयुक्त विद्यार्थी संगठनहरूले त्रिचन्द्र क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।
विद्यार्थी संगठनले तालाकन्दी गर्दै एक विज्ञप्ती पनि जारी गरेका छन् । ‘यस क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा विभिन्न अराजक संगठनहरुले स्वेच्छाले विभिन्न राजनीतिक बाहानामा आफ्नो दुनो सोझ्याइने तथा राष्ट्रिय सम्पदामा गलत उदेश्य बोकी आफ्नो निजी पेवा बनाउने उद्देश्यका साथ क्याम्पस प्रमुखको जिम्मेवार कार्यकक्ष भित्रै गुण्डागर्दी शैलीमा नेपालको नक्सामा संगठनको नाम र व्यक्तिको नाम अंकित गर्दै टाँसिएको बोर्ड र प्रवृत्तिप्रति कार्यको घोर भत्सर्ना गर्दछौ ।’ उक्त विज्ञप्तीमा भनिएको छ ।
त्यसैगरी, उक्त कार्यमा क्याम्पस प्रशासन नै मुकदर्शक बनि अराजक तत्व कै सेवामा लागेको हुनाले हामी संयुक्त विद्यार्थी संगठनहरुले उक्त कार्य रोक्न तथा सच्याउन अनिश्चितकालका लागि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको पनि विज्ञप्तीमा उल्लेख छ ।






