गोकर्णेश्वर नगरपालिकामा भाैतिक रूपमै विद्यालय सञ्चालन हुने
शिक्षाखबर डेस्क
२० माघ २०७८, बिहीबार
no immg

२० माघ, काठमाडाैँ । काठमाडाैँको गोकर्णेश्वर नगरपालिकाले भाैतिक रूपमा नै विद्यालय सञ्चालन गर्नका लागि अनुमति दिने निर्णय गरेको छ ।

मंगलबार नगरपालिकाको शिक्षा समितिको बैठकले सामुदायिक एवम् संस्थागत विद्यालय आउँदो आइतबारदेखि खोल्ने निर्णय गरेको सुचनामार्फत जानकारी दिइएको छ ।

उक्त सुचनामा समितिले शिक्षक, अभिभावक तथा शिक्षाका पेसागत संस्थाका पदाधिकारीहरूको चाहना र मागअनुसार विद्यालय खोल्ने निर्णय गरेको जानकारी दिइएको छ ।

नगरपालिकाले भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाई पूर्ण सतर्कता र सजगतालाई अवलम्बन गर्दै भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न अनुमित दिइएको उल्लेख गरेको छ ।

प्रतिक्रिया