२१ माघ, काठमाडाैँ । शुक्रबार मुलुकभर थप २ हजार ५२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६५५ पिसिआर र ९२४ जनाको एन्टिजेन परीक्षण गर्दा २५२६ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार देशभर ८४२५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।






