फागनु १ गतेदेखि भाैतिक उपस्थितिमा विद्यालय सञ्चालनका लागि सिसिएमसीको सिफारिस
शिक्षाखबर डेस्क
२३ माघ २०७८, आईतवार
no immg

२३ माघ, काठमाडाैँ । सिसिएमसीको बैठकले फागुन १ गतेदेखि विद्यालय भाैतिक उपस्थिति मै सञ्चालनका लागि सिफारिस गरेको छ ।

आज बसेको बैठकले सरकारलाई फागुन १ गतेदेखि विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन गर्न दिने सिफारिस गरेको हो ।

कोरोना भाइरसको तेश्रो लहर देखिएसँगै सरकारले पुस २७ गतेदेखि पहिलो चरणमा माघ १५ गतेसम्म र त्यसपछि माघ मसान्तसम्म विद्यालय बन्द नै राख्ने निर्णय गरेको थियो ।

सिसिएमसीले गरेको सिफारिसमाथि अब बस्ने मन्त्रिपरिषद्को बैठकले थप निर्णय गर्नेछ ।

प्रतिक्रिया