देशभर ११२८ जनामा कोरोना संक्रमण, थप १४ जनाले गुमाए ज्यान
शिक्षाखबर डेस्क
२८ माघ २०७८, शुक्रबार
no immg

२८ माघ, काठमाडाैँ । शुक्रबार मुलुकभर थप १ हजार १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७४४७ पिसिआर र ३५४२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२८ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार देशभर २२१५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया