३ फागुन, काठमाडाैँ । मंगलबार मुलुकभर थप ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४२५६ पिसिआर र २८३९ जनाको एन्टिजेन परीक्षण गर्दा ११६९ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबार देशभर १८३५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।