५ फागुन, काठमाडाैँ । अर्को शैक्षिक सत्रको नियमित पठनपाठन २०७९ जेठ १ गतेदेखि सुरू हुने भएको छ । शिक्षा तथा मानवश्रोत विकास केन्द्रले बुधबार शैक्षिक सत्र, परीक्षा सञ्चालन र नियमित पठनपाठनबारे निर्देशन जारी गरेको छ ।
उक्त निर्देशन अनुसार यस वर्षको चैत्र मसान्तसम्म विद्यालयका पठनपाठन नियमित रूपमा गर्नुपर्नेछ । त्यस्तै, विद्यालयहरूले लिने कक्षा १० सम्मको परीक्षा बैशाख महिनामा लिने र नतिजा पनि सोही महिनाभित्रै प्रकाशन गर्नुपर्ने निर्देशन दिइएको छ ।
त्यसैगरी, कक्षा ८ को परीक्षा स्थानीय तहले अनुकुल समयमा सञ्चालन गर्न सक्नेछन् । विद्यालयलाइ शैक्षिक सत्र २०७९ को भर्ना बैशाख महिनामै गर्न सक्ने उल्लेख गरिएको छ ।
केन्द्रले दिएको निर्देशनमा २०७९ जेठ १ गतेदेखि नियमित पठनपाठन सुरू गरेर २०७९ चैत्रभित्र पठनपाठन सक्न उल्लेख गरिएको छ ।