बलात्कार गरी पैसा लुटेर फरार भएको आरोपमा प्रधानाध्यापक पक्राउ
शिक्षाखबर डेस्क
६ फाल्गुन २०७८, शुक्रबार
no immg

६ फागुन, मोरङ । बलात्कार आरोपमा  एक जना प्रधानाध्यापक पक्राउ परेका छन् । प्रहरीले मोरङको धनपालथान गाउँपालिकाका ४५ वर्षीय कालुराम खवासलाई बलात्कार गरेको आरोपमा पक्राउ  गरेको हो ।

उनी मोरङको धनपालथान गाउँपालिकाको एकतारा आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । उनीमाथि २९ वर्षीया महिलालाई उनकै घरमा गएर बलात्कार गरी रकम लुटेर फरार भएको आरोप छ ।

खवासले गत पुस १२ गते राति महिलामाथि बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् । खवासविरुद्ध जबरजस्ती करणी कसुरमा अदालतबाट बिहीबार म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया