६ फागुन, काठमाडाैँ । शुक्रबार मुलुकभर थप ४३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१३३ पिसिआर र ३९५८ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार देशभर २४५४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।