देशभर ३५० जनामा कोरोना संक्रमण, थप ४ जनाको मृत्यु
शिक्षाखबर डेस्क
७ फाल्गुन २०७८, शनिबार
no immg

७ फागुन, काठमाडाैँ । शनिबार मुलुकभर थप ३५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५३८ पिसिआर र ३५५८ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार देशभर १२७२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया