कक्षा ११ र १२ मा नयाँ लेटर ग्रेडिङ निर्देशिका, कुन ग्रेड ल्याउँदा कति जिपिए ? (विस्तृतमा)
शिक्षाखबर डेस्क
८ फाल्गुन २०७८, आईतवार
no immg

८ फागुन, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका सार्वजनिक गरेको छ । पुरानो व्यवस्था परिमार्जन गर्दै बोर्डले नयाँ व्यवस्था सार्वजनिक गरेको हो ।

बोर्डले कुन लेटरले कति जिपिए र कति अंकमान जनाउने प्रष्ट पार्दै निर्देशिका सार्वजनिक गरेको छ । यो निर्देशिका कक्षा ११ र १२ मा लागू गरिएको छ ।

नयाँ निर्देशिका अनुसार A+ ले जिपिए ४ जनाउने छ । त्यस्तै, ९० प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थीको A+ हुनेछ । त्यसैगरी, ८० प्रतिशतभन्दा माथि र ९० प्रतिशतभन्दा कम ल्याउनेको जिपिए ३.६ र A ग्रेड हुनेछ ।

त्यस्तै, ७० प्रतिशतभन्दा बढी र ८० प्रतिशतभन्दा कम ल्याउनेको B+, ६० प्रतिशतभन्दा माथि र ७० प्रतिशतभन्दा कम ल्याउनेको B, ५० प्रतिशतभन्दा माथि र ६० प्रतिशतभन्दा कम ल्याउनेको C+, ४० प्रतिशतभन्दा माथि र ५० प्रतिशतभन्दा कम ल्याउनेको C, ३५ प्रतिशतभन्दा माथि र ४० प्रतिशतभन्दा कम ल्याउनेको D र ३५ प्रतिशतभन्दा कम ल्याउनेको कुनै ग्रेड नहुने निर्देशिकामा उल्लेख छ ।

त्यसैगरी, B+ ग्रेडको ३.२, B ग्रेडको २.८, C+ को २.४, C को २.० र D को जिपिए १.६ हुने पनि उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया